Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानका नयाँ सर्वोच्च नेता मोज्तबाबारे सूचना दिनेलाई १ करोड डलर पुरस्कार घोषणा

इरानका नयाँ सर्वोच्च नेता मोज्तबाबारे सूचना दिनेलाई १ करोड डलर पुरस्कार घोषणा

शनिवार , फाल्गुण ३०, २०८२

एजेन्सी । अमेरिकाले इरानका नयाँ सर्वोच्च नेतासहित इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रमुख नेताहरूबारे सूचना दिनेलाई एक करोड डलरसम्मको पुरस्कार दिने घोषणा गरेको छ ।

अमेरिकाको विदेश विभागले जारी गरेको सूचनामा त्यस्ता नेता १० जना रहेको उल्लेख गरिएको छ तर ६ जनाको नाम र तस्बिर मात्र सार्वजनिक गरिएको छ। 

जसमा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी पनि छन्। 

अली लारिजानीलाई यसअघि इरानमा सरकार समर्थक र्‍यालीमा देखिएको थियो।

अमेरिका(इजरायले गत फेब्रुअरी २८ मा गरेको संयुक्त हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि उनका छोरा मोज्तबा यही मार्च ९ देखि नयाँ सर्वोच्च नेता बनेका हुन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077