Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समानुपातिकका लागि पार्टीभित्र किचलो हुन थालेपछि हर्कले भने- रोइलो गर्ने जति सबैलाई पार्टीबाट निकाल्छु

समानुपातिकका लागि पार्टीभित्र किचलो हुन थालेपछि हर्कले भने- रोइलो गर्ने जति सबैलाई पार्टीबाट निकाल्छु

शुक्रवार , फाल्गुण २९, २०८२

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिकतर्फका सांसदबारे पार्टीभित्र किचलो सुरू भएसँगै मुख खोलेका छन् ।

साम्पाङले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पार्टी पङ्क्तिलाई पार्टीभित्र रोइलो नगर्न भनेका हुन् ।

'अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु ! हद भो,'  उनले लेखेका छन् ।

साम्पाङले समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई पार्टी सदस्यबाटै निकाल्ने चेतावनी समेत दिएका छन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा श्रम संस्कृति पार्टी थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको छ ।

प्रत्यक्षमा ३ सीट जितेको पार्टीले समानुपातिकमा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेर ४ सीट सुरक्षित गरेको छ । जसअनुसार श्रम संस्कृतिको सांसद संख्या ७ पुग्छ । अब कम्तीमा दुईजना महिला उम्मेदवार समानुपातिक सांसद बन्ने देखिन्छ भने अन्य क्लस्टर पनि मिलाउनुपर्ने हुन्छ ।

महिला क्लस्टरमा १६ नम्बर सूचीमा रहेकी समला राईले पार्टीभित्र गुटबन्दी सुरू भइसकेको भन्दै बिहीबार मिडियाबाटै हर्कलाई आफूलाई सांसद नबनाए राम्रो नहुने चेतावनी दिएकी थिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077