Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पिताको निधनपछि पत्नीसहित अस्पताल पुगे अध्यक्ष ओली, दिए श्रद्धाञ्जली

पिताको निधनपछि पत्नीसहित अस्पताल पुगे अध्यक्ष ओली, दिए श्रद्धाञ्जली

शुक्रवार , फाल्गुण २९, २०८२

काठमाडौं। पिताको निधनपछि पत्नी राधिका शाक्यसहित पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल–कोरियामैत्री अस्पताल पुगेका छन् ।

केही समययता अस्वस्थ रहेका ९७ वर्षीय मोहनप्रसाद ओलीको गठ्ठाघरस्थित नेपाल-कोरिया मैत्री अस्पतालमा आज बिहान निधन भएको थियो ।

अस्पतालमा मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरुको भिड लागेको छ ।अध्यक्ष ओली र पत्नी राधिकाले पनि बुवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अहिले अस्पताल परिसरमा राखिएको ओलीको पार्थिव शरीरमा श्रद्धाञ्जलीका लागि एमालेसहित अन्य दलका नेता-कार्यकर्ता पुगेका छन् । 

उनको पार्थिव शरीरलाई ओलीको गुण्डु स्थित निवासमा लगिने भएको छ भने अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिनेछ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077