Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समानुपातिक सिटबारे ‘रोइलो’ गर्नेलाई पार्टीबाटै निष्कासन गर्ने हर्क साम्पाङको चेतावनी

समानुपातिक सिटबारे ‘रोइलो’ गर्नेलाई पार्टीबाटै निष्कासन गर्ने हर्क साम्पाङको चेतावनी

बिहिवार , फाल्गुण २८, २०८२

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिक सिटको विषयलाई लिएर सार्वजनिक रूपमा असन्तुष्टि जनाउने नेता तथा कार्यकर्तालाई पार्टीबाटै निष्कासन गर्ने चेतावनी दिएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत उनले समानुपातिक सिटको विषयमा भइरहेको आलोचना सीमा नाघेको भन्दै कडा कदम चाल्ने संकेत गरेका हुन्।

साम्पाङले लेखेका छन्, 'अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्नेछु ! हद भो !'

निर्वाचन आयोग ले फागुन २८ गते सार्वजनिक गरेको प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फको अन्तिम नतिजाअनुसार श्रम संस्कृति पार्टीले ४ सिट प्राप्त गरेको छ।

तर सिट संख्या सीमित हुँदा आकांक्षी धेरै भएपछि पार्टीभित्र समानुपातिक सांसद छनोटलाई लिएर आन्तरिक किचलो बढ्दै गएको देखिएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077