Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘जेनजी’ आन्दोलनको मौका छोपेर फरार भएका दुई कैदी पक्राउ

‘जेनजी’ आन्दोलनको मौका छोपेर फरार भएका दुई कैदी पक्राउ

बिहिवार , फाल्गुण २८, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फरार भएका दुईजना कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५ स्वयम्भू बस्ने ३० वर्षीय नुमेश वाईबा र खोटाङ घर भई काठमाडौंको बसुन्धारा बस्दै आएका नवराज लुइँटेल रहेका छन् ।

प्रहरीका अनुसार वाईबा जबरजस्ती करणी मुद्दामा तथा लुइँटेल सरकारी कागज छाप–दस्तखत किर्ते मुद्दामा कैद भुक्तान गरिरहेका थिए।

‘जेनजी’ आन्दोलनका क्रममा सुरक्षा अवस्था अस्तव्यस्त भएको मौका छोपेर उनीहरू फरार भएका थिए । त्यसपछि प्रहरी टोलीले उनीहरूको खोजी तीव्र बनाएको थियो ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयहरुमा पेश गरिएको सिआइबीका प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077