Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महावीर पुनलाई पोखराका मेयर आचार्यको आग्रह- नियम सबैलाई लाग्छ, फुटपाथमा किताब बेचौँ

महावीर पुनलाई पोखराका मेयर आचार्यको आग्रह- नियम सबैलाई लाग्छ, फुटपाथमा किताब बेचौँ

बुधवार , फाल्गुण २७, २०८२

पोखरा। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर आचार्यले अनुमतिबिना आफ्नो अभियानका लागि सडक र चोकमा उभिएर पुस्तक बेच्दा ट्राफिक व्यवस्थापनमा असर परेको र कानुनविपरीत भएको भन्दै फुटपाथमा पुस्तक बिक्री नगर्न आग्रह गरेका हुन् ।

मेयर आचार्यले पुनलाई सांसदको भूमिका स्मरण गराउँदै बुधबार फेसबुकमा लेखेका छन्- 'माननीयज्यू, अब तपाईँको भूमिका देशका लागि नीति र कानुन निर्माण गर्ने हो र पुस्तक व्यवसायीको भूमिका पुस्तक बिक्री–वितरण गर्ने हो । यदि तपाईँको पुस्तकको स्टक उपलब्ध गराउनु भयो भने हामी महासंघमार्फत् त्यसलाई बिक्री गरी उचित भुक्तानी तपाईंलाई उपलब्ध गराउन सहजीकरण गर्न सक्छौं । '

उनले पुनलाई पुस्तकको स्टक उपलब्ध गराए पुस्तक व्यवसायी महासंघमार्फत् बिक्री गरेर भुक्तानी उपलब्ध गराउने पनि भनेका छन् ।

म्याग्दीबाट प्रतिनिधि सभामा निर्वाचित पुनले वीरगंजमा चलिरहेको कृषि औजार कारखानाका लागि रकम आवश्यक परेको भन्दै गत सोमबारदेखि पोखराको सडक र चोकहरूमा उभिएर पुस्तक बिक्री गर्दै हिडेका छन् ।

पूर्व शिक्षमन्त्री समेत रहेका महावीरले यसअघि पनि निरन्तर आफ्नो आत्मकथा बेच्दै त्यसबाट आएको पैसाले वीरगञ्जमा रहेको कृषि औजार केन्द्रमा लगानी गर्दै आइरहेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077