Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओभरटेक गर्दा दाउन्नेमा दुर्घटना : पाँच गाडी जुधे, आठजना घाइते

ओभरटेक गर्दा दाउन्नेमा दुर्घटना : पाँच गाडी जुधे, आठजना घाइते

बुधवार , फाल्गुण २७, २०८२

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने क्षेत्रमा पाँच वटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन्। दुर्घटना गएराति विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतमा दर्ता भएको कन्टेनरले एकतर्फी सडकमा ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आइरहेका तथा अगाडि रहेका सवारीसाधनसँग ठोक्किँदा श्रृंखलाबद्ध दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक कालिकोट रास्कोट नगरपालिका–६ का करिब ३० वर्षीय अमर कार्की र पछाडि सवार रास्कोट–७ का करिब २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छन्।

त्यस्तै, यात्रुवाहक बसमा सवार थप छ जना पनि घाइते भएका छन्। घाइते हुनेहरूमा रोल्पा स्मृति गाउँपालिका–४ का बस चालक शंकर विष्ट, रामेछाप मन्थली नगरपालिका–१२ का विनोदकुमार अछामी, रोल्पा नगरपालिका–४ लिवाङका उदीराम विष्ट, धरान–१५ का नाम्नुहाङ राई, रोल्पा नगरपालिका–२ का दर्शन पोख्रेल, सुनसरी नगरपालिका–५ का चन्द्रसिंह थापा तथा प्युठान स्वर्गद्वारी नगरपालिका–७ का ६० वर्षीय यज्ञप्रसाद भुसाल रहेका छन्।

घाइते सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न कन्टेनर चालक भने फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077