Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोठमा मृत भेटिएकी महिलाको रहस्य खुल्यो, श्रीमानले नै गरेका थिए हत्या

गोठमा मृत भेटिएकी महिलाको रहस्य खुल्यो, श्रीमानले नै गरेका थिए हत्या

मंगलवार , फाल्गुण २६, २०८२

धनगढी । कैलालीको भजनी नगरपालिका–९ खुरुरियामा गोठभित्र मृत अवस्थामा भेटिएकी एक महिलाको हत्या उनकै श्रीमानबाट भएको खुलासा भएको छ । प्रहरीले घटनामा संलग्न श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

गत मंगलबार होलीको दिन बिहान स्थानीय ५५ वर्षीय प्रेमलाल चौधरीकी श्रीमती अन्दाजी ५० वर्षीया मानादेवी चौधरी आफ्नै घर नजिकै रहेको बाख्राको गोठमा मृत अवस्थामा फेला परेकी थिइन्। शरीरमा चोटपटक लागेको अवस्थामा मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनापछि प्रहरीले अनुसन्धान सुरु गर्दा प्रारम्भिक रूपमा शंकास्पद देखिएका प्रेमलाल चौधरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो।

सोधपुछका क्रममा उनले श्रीमतीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

प्रहरीका अनुसार दम्पतीबीच भएको आपसी विवादका क्रममा प्रेमलालले कुटपिट गर्दा मानादेवीको मृत्यु भएको खुलेको हो।

मृतकका छोरा २८ वर्षीय मगरु चौधरीले दोषीमाथि कडा कारबाहीको माग गर्दै कर्तव्य ज्यान शीर्षकमा जाहेरी दिएका छन्। जाहेरीका आधारमा प्रहरीले प्रेमलाललाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077