रौतहट । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार डा. मोहम्मद फिर्दोस आलम ११ हजार ८६ मतान्तरसहित विजयी भएका छन्।
निर्वाचन परिणाम अनुसार आलमले २९ हजार ५२८ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरण कुमार साहले १८ हजार ४४२ मत प्राप्त गरेका छन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार शेख सगिरले ९ हजार ३२५ मत प्राप्त गरेका छन् ।