Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दैलेख १ मा कांग्रेसकी बासना थापा निर्वाचित

दैलेख १ मा कांग्रेसकी बासना थापा निर्वाचित

शनिवार , फाल्गुण २३, २०८२

दैलेख । दैलेख क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली काँग्रेसकी बासना थापा १२ हजार ३७२ मत ल्याएर विजयी भएकी छन । 

उनका निकटतम् प्रतिस्पर्धी एमालेका रबिन्द्रराज शर्माले ११ हजार ७९६ मत ल्याएका हुन् । 

मुख्य निर्वाचन अधिकृतका अनुसार रास्वपाका नन्दकिशोर बस्नेतले ८ हजार १५१, नेकपाका अम्मरबहादुर थापाले ४ हजार २५६, राप्रपाका रणबहादुर सिंह ५९८ र नेमकिपाका जगतबहादुर ओलीले ३०२ मत ल्याए ।

यस्तै नेकपा माओवादीका रामलाल बिश्वकर्माले २३५, राजमोका नरबहादुर सिंहले ९१, स्वतन्त्र उम्मेदबार लोगबहादुर बोगटीले २९ र आम जनता पार्टीका उम्मेदवार मेनुका श्रेष्ठले १६ मत प्राप्त गरेको जनाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077