शान्तिपूर्ण निर्वाचनका लागि देखाउनुभएको संयम र समझदारीप्रति आभार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गर्न सम्पूर्ण मतदाताहरुलाई आग्रह गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मतदानका लागि आग्रह गरेकी हुन् ।
उनले फेसबुकमा लेखेकी छन्–‘आज फागुन २१ अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु।’
प्रत्येक मत भविश्य निर्धारणका लागि महत्वपूर्ण रहेको बताउँदै उनले भनेकी छन्–‘आज फागुन २१ अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु। तपाईँको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण छ। शान्तिपूर्ण निर्वाचनका लागि देखाउनुभएको संयम र समझदारीप्रति आभार।’
साथै, प्रधानमन्त्री कार्कीले पनि मतदान गरिसकेकी छन् । उनले धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर मतदान गरेकी हुन् । निर्वाचन गराउने लक्ष्यका साथ अन्तरिम सरकारको नेतृत्व सम्हालेकी कार्कीले सफलताका साथ आफ्नो भूमिका निर्वाह गरेकी छन् ।