रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका ४८ वर्षीय महेन्द्र यादवलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको छ।
रुपन्देही जिल्ला प्रहरीका अनुसार यादवलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतको आदेशअनुसार नियन्त्रणमा लिइएको हो।
प्रहरीले जनाएको विवरणअनुसार, सिद्धार्थनगर नगरपालिका–७ जनकपथ निवासी यादवविरुद्ध चितवन जिल्ला अदालत ले २०८१ फागुन २५ गतेको फैसलाअनुसार ३० लाख रुपैयाँ साँवा तथा बिगो बमोजिमको जरिवाना हुने ठहर गरेको थियो।
उक्त बिगोवापतको कैद तथा जरिवाना कार्यान्वयन प्रयोजनका लागि अदालतले उपस्थित गराउन आदेश दिएपछि प्रहरीले उनलाई सिद्धार्थनगर–६ स्थित गल्लामण्डी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।