Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपाका उम्मेदवार चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

नेकपाका उम्मेदवार चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

बुधवार , फाल्गुण २०, २०८२

वीरगञ्ज ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् ।

नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर उनीसहित चार जनालाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गाडी जाँचका क्रममा केही शंकास्पद वस्तु फेला परेको छ ।

बरामद सामग्रीको प्रकृति र उद्देश्यबारे यकिन गर्न प्राविधिक परीक्षण तथा विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077