Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

मंगलवार , फाल्गुण १९, २०८२

एजेन्सी । साउदी अरबको राजधानी रियादको कूटनीतिक क्षेत्रमा ड्रोन आक्रमण भएको छ । प्रारम्भिक विवरणअनुसार उक्त आक्रमणमा अमेरिकी दूतावास लक्षित भएको जनाइएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै दूतावास परिसरमा विस्फोटपछि आगलागी भएको जनाएको छ। साउदी अरबको रक्षा मन्त्रालयले प्रारम्भिक अनुसन्धानका आधारमा दुईवटा ड्रोनमार्फत आक्रमण गरिएको पुष्टि गरेको छ।

दूतावासले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जारी गरेको विज्ञप्तिमा आक्रमणबाट भवनमा सामान्य आगलागी र सीमित भौतिक क्षति भएको उल्लेख गरिएको छ। कुनै मानवीय क्षतिको पुष्टि भने भइसकेको छैन।

यस घटनापछि साउदी अरबका लागि अमेरिकी मिसनले रियाद, जेद्दा र धाहरानस्थित आफ्ना कर्मचारी तथा नागरिकहरूलाई ‘सेल्टर इन प्लेस’ अर्थात् सुरक्षित स्थानमै बस्न निर्देशन दिएको छ। साथै कूटनीतिक क्षेत्र र आसपासका सैन्य प्रतिष्ठानहरूतर्फ अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077