रामेछाप । रामेछापमा सोमबार दिउँसो भएको दुर्घटनाका घाइते भएका मतदान अधिकृतको मृत्यु भएको छ ।
मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनी रामेछाप नगरपालिका–३ स्थित साँघुटार मतदान केन्द्रको रुद्राक्षश्वर माध्यामिक विद्यालय ‘ख’ मतदान केन्द्रका लागि खटिएका थिए।
सो दुर्घटनामा दुर्घटनामा असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो।