Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

सोमवार , फाल्गुण १८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन्। 

फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका सन्दर्भमा उनले सोमबार सम्बोधन गर्न लागेकी हुन्।

चुनाव र अन्य समसामयिक विषयका सन्दर्भमा उनले आफ्ना धारणा राख्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार अहिले तयारी भइरहेकोले सम्बोधनको समय भने तय भएको छैन।

सम्बोधनको समय भने अझै तय भइसकेको छैन। गत भदौमा भएको जेनजी आन्दोलनपछि भदौ २७ मा कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए । कार्कीलाई ६ महिनाभित्र निर्वाचन गराउने प्रमुख जिम्मेवारी थियो ।

आगामी बिहीबार हुने निर्वाचनबाट आउने जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गरेर बाहिरिने तयारीमा प्रधानमन्त्री कार्की रहेकी छन्।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077