एजेन्सी । इजरायलको आक्रमणमा परी इरानको एक प्राथमिक विद्यालयमा पाँचजनाको मृत्यु भएको छ।
दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब शहरमा रहेको प्राथमिक विद्यालयमा इजरायलले आक्रमण गर्दा पाँचजनाको मृत्यु भएको हो।
मृत्यु हुने कुन उमेर समूहका भन्ने खुलाइएको छैन।
इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार मिनाब शहरमा रहेको एक प्राथमिक विद्यालयमा इजरायलले आक्रमण गरेको थियो।
निर्दोष बालिकाहरू पढिरहेको विद्यालयलाई निशाना बनाइएपछि इरानभित्र आक्रोश चुलिएको छ। आक्रमण सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको कार्यालय नजिकै केन्द्रित भएको थियो । आक्रमणपछि खामेनेईलाई सुरक्षित स्थानमा सारिएको छ ।