एजेन्सी । इजरायलमा इरानले भीषण आक्रमण गरेपछि सबै विद्यालय बन्द गरिएको छ ।
इजरायलका शिक्षा मन्त्री योआव किशले डिमोना र अरदमा भएको इरानी आक्रमणपछि होम फ्रन्ट कमाण्डका मेजर जनरलसँग परामर्श गरेका छन् ।
उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भनेका छन्, ‘मैले आइतबार र सोमबारका लागि सबै प्रकारका छुट समाप्त गर्ने निर्णय गरेको छु र कुनै पनि भौतिक कक्षा सञ्चालन गर्न अनुमति दिइने छैन।’
शिक्षा मन्त्री योआव किशले यस अवधिमा विशेष शिक्षाका लागि दिइएको छुटसमेत रद्द गरिएको र देशभर अनलाइन शिक्षामार्फत मात्रै पढाइ सञ्चालन गरिने बताएका छन् ।
उनले बालबालिकाका लागि बनाइएका ‘येलो एरिया’ समेत बन्द रहने जानकारी दिएका छन्।