काठमाडौं। पश्चिम एशियामा जारी द्वन्द्व रोक्नुपर्ने मागसहित राजधानीमा प्रदर्शन गरिएको छ।
अमेरिका, इजरायल र बीच जारी द्वन्द्व तत्काल अन्त्य हुनुपर्छ भन्ने आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले प्रदर्शनी गरेको हो ।
उनीहरूले अमेरिकी राजदूतावास महाराजगञ्ज, इजरायली राजदूतावास लाजिम्पाट र काठमाडौंस्थित इरानी कन्सुलेट कार्यालय, याक एन्ड यति होटल दरबार मार्गमा प्रदर्शनी गरेका छन् ।
समाजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लाई सम्बोधन गर्दै युद्धको विस्तार विश्व शान्तिका लागि गम्भीर चुनौती बनेको उल्लेख गरेको छ। साथै, सम्बन्धित पक्षहरूबीच जारी तनाव तत्काल अन्त्य गरी शान्ति प्रवर्द्धनका लागि पहल गर्न आग्रह गरिएको छ।
प्रदर्शनमा सहभागीहरूले विश्व शक्तिहरूलाई युद्ध विस्तारको सट्टा शान्ति स्थापना तर्फ अग्रसर हुन आग्रह गर्दै विभिन्न सन्देशयुक्त समेत ब्यानर प्रदर्शन गरेका थिए ।
हाल जारी अमेरिकारइजरायल र इरानबीचको युद्धले विश्व शान्ति नराम्ररी खलबलिएको छ ।

