Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहजिल्ला झापा क्षेत्र नं ५ मा केपी ओलीको घरदैलो

गृहजिल्ला झापा क्षेत्र नं ५ मा केपी ओलीको घरदैलो

शनिवार , फाल्गुण १६, २०८२

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा चुनावी अभियानलाई तीव्र पार्दै घरदैलो अभियानमा लागेका छन् ।

अध्यक्ष ओली आसन्न प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा आफ्नो गृहजिल्ला झापामा केन्द्रित हुँदै घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष भेटघाटमा जुटेका हुन् ।

विशेषगरी युवाहरूसँग ओलीले देशको भविष्य, रोजगारी र विकासका विषयमा संक्षिप्त छलफल गरे । 

विशेष गरी दमक नगरपालिकाका विभिन्न वडाहरूमा पुग्दा स्थानीयले खानेपानी, सडक पूर्वाधार र सुकुम्वासी समस्या समाधानका लागि ओलीसँग आग्रह गरेका थिए।

जवाफमा ओलीले आफू प्रधानमन्त्री हुँदा शुरु गरेका अधुरा आयोजनाहरूलाई पूर्णता दिन र झापा ५ लाई नमूना क्षेत्र बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

घरदैलो कार्यक्रममा स्थानीय मतदाताको उल्लेख्य सहभागिता देखिएको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077