काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चुनावी मतपेटिका ढुवानी प्रक्रियाबारे सार्वजनिक चासो व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले मतपेटिका सिधै नेपाली सेनाले गणना स्थलसम्म लैजाने चर्चा आएको उल्लेख गर्दै दलका प्रतिनिधिबिना सेनाले मात्रै मतपेटिका बोक्नु उपयुक्त नहुने धारणा राखेका हुन् ।
साम्पाङले निर्वाचन प्रक्रियाको पारदर्शिता र विश्वसनीयता कायम गर्न सबै पक्षको सहभागिता आवश्यक हुने बताएका छन्।
'यो चुनावको मतपेटिका सिधै नेपाली सेनाले गणना स्थलसम्म लाने भन्ने आयो तर दलका प्रतिनिधिबिना सेनाले मात्रै बोक्नु हुँदैन !' उनले लेखेका छन् ।
उनले प्रतिनिधिबिना मतपेटिका ढुवानी गरिए शंका उत्पन्न हुन सक्ने जिकिर गरेका छन्। 'प्रतिनिधिबिना त्यसो गरिए त्यहाँ शंका उत्पन्न हुन सक्छ !' उनले भने ।