Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज सुर्खेत आउँदै गगन थापा, घण्टाघर डबलीमा कांग्रेसको शक्ति प्रदर्शन

आज सुर्खेत आउँदै गगन थापा, घण्टाघर डबलीमा कांग्रेसको शक्ति प्रदर्शन

बिहिवार , फाल्गुण १४, २०८२

सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेत आउँदै छन् ।

चुनावी माहोल तातेका बेला घण्टाघर डबलीमा आयोजना गरिएको बृहद् चुनावी सभालाई सम्बोधन गर्न थापा सुर्खेत आउन लागेका हुन् ।

कांग्रेस निर्वाचन प्रचारप्रसार समिति सुर्खेतका अनुसार सभा आज दिउँसो १२ बजेदेखि सुरु हुनेछ । सभालाई पार्टीका उपसभापति पुष्पा भुसालले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सभालाई सफल बनाउन कर्णालीका १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रका प्रतिनिधिसभा तथा प्रदेशसभा उम्मेदवारहरू, जिल्ला सभापतिहरू, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू र ठूलो संख्यामा नेता–कार्यकर्ता वीरेन्द्रनगर पुगिसकेको प्रचारप्रसार समितिले जनाएको छ।

घण्टाघर डबलीमा हुने सभालाई कांग्रेसले कर्णाली केन्द्रित शक्ति प्रदर्शनका रूपमा लिएको छ। पार्टीका शीर्ष नेताको उपस्थितिले चुनावी अभियानलाई थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077