Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले अध्यक्ष ओली जनतासँग टोलटोलमा व्यस्त, आज कमलमा मतदातासँग प्रत्यक्ष संवाद !

एमाले अध्यक्ष ओली जनतासँग टोलटोलमा व्यस्त, आज कमलमा मतदातासँग प्रत्यक्ष संवाद !

बिहिवार , फाल्गुण १४, २०८२

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापाको कमल गाउँपालिकाका विभिन्न स्थानमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दैछन् ।

टोलटोलमा पुगेर जनताको गुनासा, सुझाव र विकासका प्राथमिकता सुन्ने रणनीतिअनुसार दिनभर आठ स्थानमा कार्यक्रम तय गरिएको एमालेले जनाएको छ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ का नेकपा एमाले निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार बिहीबार बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुनेछ ।

बिहान ११ बजे कमल ५ को सिम्लेस्थित सिरिजङ्गा चौकमा स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यस्तै साढे १२ बजे सोही वडाको झारबारीस्थित राधाकृष्ण मन्दिरमा पुगेर स्थानीयसँग भेटघाट गर्ने छन्।

यहाँको कार्यक्रम सम्पन्न गरे लगत्तै साढे १ बजे कमल ३ सानो केर्खामा भेटघाट कार्यक्रम तय भएको छ। साढे २ बजे कमल ४ को भलायोडाँडामा मतदातासँग भेटघाट कार्यक्रम रहेको जनाइएको छ। यहाँको भेटघाट सकिए लगत्तै साढे ३ बजे कमल २ को भुत्लुङमा अध्यक्ष अ‍ोलीले स्थानीयसँग प्रत्यक्ष भेटघाट कार्यक्रम गर्ने छन्।

पार्टीको स्थानीय वडा कमिटीले भेटघाट आयोजना गरिए अनुसार निम्न स्थानमा भेटघाट गरी सुझाव र समस्याका विषयमा छलफल गरिने जनाइएको छ। यहाँको भेटघाट सकिए लगत्तै सोही वडाको जीवन चौकमा ४ बजे भेटघाट गर्ने कार्यक्रम तय भएको जनाइएको छ।

अपरान्ह्र साढे ४ बजे कमल ४ र ६ मा पर्ने नयाँ बस्तीका बासिन्दासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। यसरी नै सोही दिन साँझ ५ बजे कमल ५ को रत्नपुर टोलमा मंलगबारेमा पुगेर मतदातासँग भेटघाट कार्यक्रम सम्पन्न गरिने भएको छ।

भेटघाटका क्रममा स्थानीयले राखेका समस्या र सुझावका विषयलाई लिएर बाँकी विकास निर्माण कामको येजना बनाइने छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077