Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घुससहित अधिकृत र बिचौलिया रङ्गेहात पक्राउ

घुससहित अधिकृत र बिचौलिया रङ्गेहात पक्राउ

बुधवार , फाल्गुण १३, २०८२

हेटौँडा । हेटौँडास्थित यातायात व्यवस्था कार्यालयका एक जना अधिकृत र बिचौलिया घुससहित पक्राउ परेका छन् ।

सवारी सरुवा सहमतिको कामका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई मंगलबार रङ्गेहात समातेको हो।

पक्राउ पर्नेमा हेटौंडा–११ स्थित यातायात कार्यालयमा कार्यरत छैटौँ तहका अधिकृत अमृत भेटुवाल र बिचौलियाका रूपमा कार्यरत लेखापढी व्यवसायी खगेन्द्र पौडेल रहेका छन् ।

पौडेलले सेवाग्राहीबाट ११ हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा हेटौँडा उपमहानगरपालिका वडा नं। ११ स्थित कार्यालय परिसरबाटै दुवै जनालाई समातिएको अख्तियारले जनाएको छ ।

पक्राउ परेकाहरूको साथबाट तीन थान मोबाइल सेट समेत बरामद भएको छ। 

पक्राउ परेका दुवै जनालाई अहिले हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077