Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अदालतको आदेशपछि पनि किन रिहा भएनन् दुर्गा प्रसाई ?

अदालतको आदेशपछि पनि किन रिहा भएनन् दुर्गा प्रसाई ?

मंगलवार , फाल्गुण १२, २०८२

काठमाडौं । सर्वोच्च अदालतले रिहा आदेश जारी गरे पनि दुर्गा प्रसाईँ आज हिरासतमुक्त हुन सकेनन् । काठमाडौँस्थित जिल्ला प्रहरी परिसरमा कानूनी प्रक्रियाको कारण उनले हिरासतमा रहनु परेको हो ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश मनोज कुमार शर्मा र मेघराज पोखरेलको इजलासले बंदी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै प्रसाईँलाई रिहा गर्न आदेश दिएको थियो ।

तर जिल्ला प्रहरी परिसर काठमाडौँले प्रक्रिया पूरा नभएको भन्दै उनलाई तत्काल रिहा नगर्ने निर्णय गरेको हो ।

प्रहरीका अनुसार, मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४को दफा १५ अनुसार रिहाइका लागि सरकारी वकिलको सहमति आवश्यक पर्छ ।

कार्यालय समय सकिएकाले आजको दिनमा रिहाइ प्रक्रिया अघि बढ्न सकेको छैन । भोलि  सरकारी वकिलको सहमति लिएर मात्र दुर्गा प्रसाईँलाई रिहा गरिनेछ।

प्रसाईँलाई फागुन ४ गते सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077