Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

श्रीमतीको पुस्तक विमोचन गर्दै ओलीले भने–मैले आफूलाई ‘जोइटिङ्ग्रे’ घोषणा गरेको छु

श्रीमतीको पुस्तक विमोचन गर्दै ओलीले भने–मैले आफूलाई ‘जोइटिङ्ग्रे’ घोषणा गरेको छु

सोमवार , फाल्गुण ११, २०८२

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो व्यक्तिगत जीवनमा कहिल्यै पैसाको हिसाब नराखेको बताएका छन् । 

श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौं संस्करण विमोचन तथा आफ्नो ३८ औं वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले श्रीमतीको कमाइमा बाँच्न आफूलाई कुनै लाज नभएको बताए । 

राजनीतिमा त्याग र पारदर्शिताको महत्व धेरै रहेको बताउँदै उनले भने–‘मैले आफूलाई ‘जोइटिङ्ग्रे’ घोषणा गरेको छु, श्रीमतीलाई बलियो बनाउनु र उनको कमाइ खानुमा मलाई गर्व छ ।’ 

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यसलाई सामाजिक न्याय र समानताको नयाँ भाष्यका रूपमा व्याख्या गरे ।

कार्यक्रममा ओलीले आफू बनेको बाटोमा हिंड्ने नभई बाटो खन्ने मान्छे भएको बताए । 

अध्यक्ष ओलीले भने–‘म भीरपाखा हामफाल्दै बाटो बनाउने मान्छे हुँ, जसले बाटो बनाउँछ, उ पहिला अप्ठ्यारोमा जान्छ, ब्लाष्स्टिङ गर्छ र बाटो खोल्छ । म जीन्दगीभर नयाँ ठाउँमा जाने र नयाँ बाटो खोल्ने काम गरेको छु ।’ 

अध्यक्ष ओलीले दुई तिहाइको पार्टी फुटाउनेहरुले देशलाई कमजोर पारेको समेत टिप्पणी गरे । उनले सहि कामका लागि गरिएको संघर्ष र जिद्दीले नै गणतन्त्र र परिवर्तन सम्भव भएको बताएका छन् । 

१४ वर्षको कठोर जेल जीवन, भूमिगतकालका चुनौती र त्यसक्रममा गुमेका आफ्ना साहित्यिक सिर्जनाहरूबारे उनले भावुक हुँदै स्मरण गरेका छन् । पक्राउ पर्ने डरले नोटहरू नराख्ने बानी परेका कारण अहिले पनि आफूले धेरै कुरा स्मृतिबाटै बोल्ने गरेको उनले बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077