Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा मकवानपुरका सभापति भरत पराजुली कांग्रेसमा फर्किए

रास्वपा मकवानपुरका सभापति भरत पराजुली कांग्रेसमा फर्किए

सोमवार , फाल्गुण ११, २०८२

हेटौंडा । भरत पराजुलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका छन् । मकवानपुर जिल्ला सभापतिको जिम्मेवारी सम्हालिरहेका पराजुली ३० वर्ष लामो राजनीतिक यात्रापछि आफ्नो पुरानै घर नेपाली कांग्रेसमा फर्किएका हुन् ।

रास्वपा मकवानपुरले आइतबार हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा सभा गरिरहँदा पराजुली भने सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका थिए ।

उनलाई कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका हुन् । पराजुलीसहित रास्वपा मकवानपुरका केही नेता–कार्यकर्ता आइतबार राति नै सर्लाही पुगेका थिए ।

कांग्रेस सभापति थापासँग भेटपछि पराजुलीले सामाजिक सञ्जालमार्फत पार्टी छाड्ने घोषणा गर्दै रास्वपा नेतृत्व शैलीमाथि गम्भीर प्रश्न उठाएका छन्।

उनले लेखेका छन्, 'समय क्रममा पार्टीभित्र देखिएका प्रवृत्तिहरूले मलाई गम्भीर रूपमा सोच्न बाध्य बनायो। हामीले जुन उद्देश्य, मूल्य र आदर्शका साथ पार्टीलाई बुझेका थियौं, व्यवहारमा त्यसको ठीक विपरीत अवस्था विकसित हुँदै गएको महसुस भयो।'

पराजुलीका अनुसार सीमित व्यक्तिहरूको प्रभाव, चाकरीवाद, आलोचनालाई अस्वीकार गर्ने संस्कार तथा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको अवस्थाले आफू निराश बनेको बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077