Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वकप क्रिकेटको सुपर–८ का खेल आजदेखि

विश्वकप क्रिकेटको सुपर–८ का खेल आजदेखि

शनिवार , फाल्गुण ९, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आजदेखि सुपर–एटका खेल शुरू हुँदैछन् । चार समूहका शीर्ष दुई दुई टोलीले यसअघि नै सुपर–एटमा स्थान बनाएका छन् ।

सुपर–एटको पहिलो खेल पाकिस्तान र न्युजिल्याण्डबीच हुँदैछ । यो खेल श्रीलंकाको कोलम्बोमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरू हुनेछ ।

आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–एटमा पुगेका हुन् ।

साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीचको खेल भोलि अहमदाबादमा हुनेछ । विश्वकपको फाइनल खेल मार्च ८ तारिख अर्थात् यही फागुन २४ मा हुनेछ ।

यसैबीच समूह चरणको हिजो भएको अन्तिम खेलमा अस्ट्रेलियाले ओमानलाई हराएको छ । यी दुवै टोली यसअघि नै समूह चरणबाट बाहिरिएका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077