Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनावी माहोल बुझ्न प्रधानमन्त्री कार्की मुस्ताङमा

चुनावी माहोल बुझ्न प्रधानमन्त्री कार्की मुस्ताङमा

शुक्रवार , फाल्गुण ८, २०८२

मुस्ताङ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको चुनावी माहोल बुझ्न प्रधानमन्त्री सुशीला कार्की हिमाली जिल्ला मुस्ताङ पुगेकी छिन्। 

शुक्रबार बिहान हेलिकोप्टरमार्फत मुस्ताङ पुगेकी प्रधानमन्त्री कार्कीले हिमाली बस्तीको अवलोकनसंगै स्थानीय र सरकारी अधिकारीसँग अन्तरक्रिया गरेकी छन् ।

यस क्रममा प्रधानमन्त्री कार्कीले मुक्तिनाथ मन्दिरको पनि दर्शन गरेको उनको सचिवालयले बताएको छ।

sdd.png

प्रधानमन्त्री कार्कीका साथमा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावल पनि सहभागी छन्।

निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री कार्कीले केही दिनयता हिमाली जिल्लाको अवलोकन गरिरहेकी छन्। 

यसअघि चुनावको अवस्थाबारे जानकारी लिन कार्की अर्को हिमाली जिल्ला सोलुखुम्बु पनि पुगेकी थिइन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077