खोटाङ । खोटाङमा जेसिबीले माथिबाट लडाएको ढुङ्गाले लागेर एक वृद्धको मृत्यु भएको छ।
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित धाराखोलाका ७१ वर्षीय बलबहादुर राईको ढुंगाले लागेर मृत्यु भएको छ।
सोही नगरपालिकाको वडा नम्बर ३ च्यास्मिटारस्थित दाल्फुको भित्री सडक निर्माणका लागि लगिएको ना।१ क ७३४७ नम्बरको जेबिसीले माथिबाट लडाएको ढुङ्गाले राईको टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।
घटना भएको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले जेसिबी र चालक उदयपुरको ताप्ली गाउँपालिका–२ लेखगाउँ निवासी २६ वर्षीय केवल मगरलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
राईको शव घटनास्थलको सर्जमिन मुचुल्का गरेर परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।