Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीलाई हेलिकोप्टरमार्फत काठमाडौं लगियो

दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीलाई हेलिकोप्टरमार्फत काठमाडौं लगियो

बिहिवार , फाल्गुण ७, २०८२

जुम्ला । तातोपानी गाउँपालिका–६ धौलापानीमा बिहीबार भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ ।

हिमा गाउँपालिका–२ ओदीका धमेन्द्र रोकायाको अवस्था नाजुक भएपछि नेपाली सेनाले हेलिकोप्टर व्यवस्थापन गरी उनलाई काठमाडौंको अस्पतालमा लगेको हो । उनी निर्वाचन प्रहरी रहेको खुलेको छ ।

दुर्घटनाको सूचना पाएलगत्तै देवीदत्त गणको टोली घटनास्थलतर्फ उद्धारका लागि खटिएको थियो। दुर्घटनामा चालकसहित सात जना घाइते भएका थिए। अन्य घाइतेहरूको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी शालिकराम खनालका अनुसार दुर्घटना दिउँसो करिब १२ बजे जुम्ला बजारबाट नाग्मातर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको भ्यान ट्याक्टरसँग ठोक्किएर करिब ४० मिटर तल खसेर भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077