Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बुद्ध एयरको जहाज बीच आकाशमै फर्कियो

बुद्ध एयरको जहाज बीच आकाशमै फर्कियो

बिहिवार , फाल्गुण ७, २०८२

विराटनगर । विराटनगर विमानस्थलबाट बुधबार राति काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजमा उडान भरेको केही मिनेटमै प्राविधिक समस्या देखिएपछि जहाज पुनः विराटनगरमै फर्काइएको छ।

यू–४ ७१४९ (एन–ए एन क्यू) नम्बरको जहाज राति ९ः४९ बजे विराटनगर महानगरपालिका–४ स्थित विमानस्थलबाट काठमाडौंका लागि उडेको थियो।

तर, उडान भरेको करिब ६ मिनेटमै जहाजको दाहिने इन्जिनमा प्राविधिक गडबडी देखिएको जानकारी चालक दलले दिएको थियो।

समस्या देखिएपछि जहाजलाई सावधानीपूर्वक फर्काएर राति १०ः१३ बजे विराटनगर विमानस्थलमै सुरक्षित अवतरण गराइएको विमानस्थल प्रशासनले जनाएको छ।

जहाजमा २५ पुरुष र ५ महिलासहित ३० जना यात्रु तथा चालक दलका ४ सदस्य गरी कुल ३४ जना सवार थिए। सबै यात्रु सकुशल रहेको विराटनगर विमानस्थल कार्यालयले जनाएको छ ।

काठमाडौंबाट प्राविधिक टोली बोलाएर विस्तृत परीक्षण गरेपछि मात्र जहाजलाई पुनः उडानको अनुमति दिइनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077