काठमाडौं । बुद्ध एयरले आजका लागि तय गरिएका सबै उडान रद्द गरेको छ। एक सूचना जारी गर्दै कम्पनीले मौसममा सुधार नआएकाले उडान रद्द गर्नुपरेको जनाएको हो।
कम्पनीले भनेको छ- 'मौसममा सुधार नआएकाले आजका सबै उडान रद्द गरिएको छ। उडान रिसेड्युल तथा रिफन्डका लागि आआफ्ना ट्राभल एजेन्सी, पोर्टल वा हाम्रो कल सेन्टरमा सम्पर्क गर्नुहुन अन्रोध छ।'
कम्पनीको कल सेन्टर नम्बर ०१ ५९७०९०० रहेको छ भने इमेल [email protected] रहेको छ।
उडान प्रभावित हुँदा यात्रुहरु समसयामा परेका छन् ।
देशका विभिन्न भागमा भइरहेको लगातार वर्षाका कारण सबै हवाई उडान प्रभावित बनेका हुन् ।