Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उडान भर्ने क्रममा यात्रुले जहाजको आपतकालीन ढोका खोलेपछि....

उडान भर्ने क्रममा यात्रुले जहाजको आपतकालीन ढोका खोलेपछि....

बुधवार , पौष ३०, २०८२

काठमाडौं । भैरहवाबाट काठमाडौं उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा सवार एक यात्रुले आपतकालीन ढोका खोलेपछि उडान रोकिएको छ ।

बुद्ध एयरका अनुसार, यात्रु सुमन गौतमले अनधिकृत रूपमा ढोका खोलेपछि उडान रोकिएको हो ।

उक्त कार्यमा संलग्न गौतमलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ । हवाई सुरक्षा मापदण्डअनुसार, जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली (Technical Team) भैरहवा प्रस्थान गरिसकेको छ । पूर्ण परीक्षण र सुरक्षा सुनिश्चित भएपछि मात्र जहाजले उडान भर्ने बुद्ध एयरले जनाएको छ । ।

बुबुद्ध एयरले एक सूचना निकाल्दै भनेको छ-' यात्रुले आपत्कालीन ढोका खोल्दा उडान ढिला ! आज भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नं. 852 (जहाज 9N-AMD) मा यात्रु सुमन गौतमले अनाधिकृत रूपमा आपतकालीन ढोका (Emergency Door) खोलेका कारण उक्त उडान ढिलो हुन गएको जानकारी गराउँदछौं ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077