कपिलवस्तु । नेकपा बहुमतका एकजना कार्यकर्ता पक्राउ परेका छन् ।
सार्वजनिक ठाउँमा बम राखेको आरोपमा बाणगंगा नगरपालिका–२ तिनैयाका ५८ वर्षीय शोभे ‘खेमे’ थारु पक्राउ परेका हुन् ।
मंगलबार बिहान बर्गदीघाट, गोरुसिंग–बनगाई सडक खण्ड र बनकसबासा गरी तीन स्थानमा बम राखिएको अवस्थामा फेला परेको थियो ।
प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहका अनुसार, थारुमाथि मुलुकी अपराध संहिता २०७४ अनुसार मुद्दा दर्ता गरी अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
नेकपा बहुमतले विभिन्न माग मंगलबार हालै नेपाल बन्दको आव्हान गरेको थियो ।