काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि १७१ रनको लक्ष्य दिएको छ ।
मुम्बईको वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रनको योगफल तयार पारेको हो।
स्कटल्याण्डका लागि ब्याटर माइकल जोन्सले सर्वाधिक ७१ रनको योगदान दिए ।
अर्का ओपनर जर्ज मुन्सेले २७ रन जोड्दै जोन्ससँग ८० रनको ओपनिङ साझेदारी गरेका थिए।
नेपालका लागि बलिङतर्फ सोमपाल कामीले उत्कृष्ट पुनरागमन गरे ।