Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी–२० विश्वकप : जिम्बाबे सुपर–८ मा पुग्दा अस्ट्रेलिया घर फर्कियो

टी–२० विश्वकप : जिम्बाबे सुपर–८ मा पुग्दा अस्ट्रेलिया घर फर्कियो

मंगलवार , फाल्गुण ५, २०८२

काठमाडौं । आयरल्यान्डसँगको खेल वर्षाले रद्द भएपछि जिम्बाबे आईसीसी टी–२० विश्वकपको ‘सुपर–८’मा प्रवेश गरेको छ भने विश्व क्रिकेटको शक्तिशाली टोली अस्ट्रेलिया समूह चरणबाटै बाहिरिएको छ।

मंगलबार श्रीलंकाको कोलोम्बोमा हुने तय भएको जिम्बाबे र आयरल्यान्डबीचको खेल लगातार वर्षाका कारण रद्द भएपछि जिम्बाबेले अंक तालिकामा आवश्यक अंक जोड्दै अर्को चरणको टिकट काटेको हो।

समूह ‘बी’बाट जिम्बाबेसँगै श्रीलंका पनि ‘सुपर–८’मा पुगेको छ। भने आयरल्यान्ड, अस्ट्रेलिया र ओमान समूह चरणबाट बाहिरिएका छन्।

विश्व क्रिकेटको ‘पावर हाउस’ मानिने अस्ट्रेलियालाई पछि पार्दै जिम्बाबे सुपर–८ मा पुगेपछि क्रिकेट जगतमा नयाँ सनसनी मच्चिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077