काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
मंगलबार राप्रपाकी उपाध्यक्ष रोशन कार्की नेतृत्वको टोलीले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गर्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गर्नु अनुचित भएको भन्दै रिहाइको माग गरेको हो।
राप्रपाका नेता निरञ्जन थापाका अनुसार मौलिक अधिकारको प्रयोग गर्ने क्रममा पटक–पटक पक्राउ गर्ने कार्य लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको र यसले आगामी निर्वाचनमा समेत नकारात्मक प्रभाव पार्न सक्ने भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराइएको हो।
भेटका क्रममा गृहमन्त्री अर्यालले भने निर्वाचन आयोगको पत्रका आधारमा प्रसाईंलाई पक्राउ गरिएको जानकारी दिएको बताइएको छ।