झापा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले जेनजी आन्दोलन उक्साएको आरोप लगाएका छन् ।
सोमबार झापा-४ स्थित झिलझिलेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साम्पाङले बालेनलाई ‘खतरनाक’ भन्दै कडा आलोचना गरे। उनले बालेनलाई आफूले राम्रोसँग चिनेको दाबी गर्दै जेनजी आन्दोलनसँग जोडेर आरोप लगाए।
साम्पाङले भने, ‘बालेन खतरनाक मान्छे हो, म राम्रोसँग चिन्छु। त्यही मान्छे होइन जेनजीलाई आन्दोलनमा जान उक्साउने!’
उनले देशलाई आवश्यक परेको बेला लुकेर बसेको र अहिले आएर भावी प्रधानमन्त्री भनेर प्रचार गरिएको भन्दै कटाक्ष गरे।
उनले भने, ‘आउनुस् न त देश सम्हालौँ भन्दाखेरि फेरि ६ महिना लुकेर बस्ने ! अहिले फेरि प्रधानमन्त्री हुने रे ।’