Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनमा कारागार तोडेर फरार मुखिया तार चोरी गर्दागर्दै पक्राउ

जेनजी आन्दोलनमा कारागार तोडेर फरार मुखिया तार चोरी गर्दागर्दै पक्राउ

सोमवार , फाल्गुण ४, २०८२

बारा । कारागार तोडेर फरार रहेका एक अभियुक्त चोरी गर्दागर्दै पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बारा मातहत इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले प्रसौनी गाउँपालिका–१ स्थित विश्वकर्मा मेटल इन्डस्ट्रिजबाट तामाको तार चोरी गर्ने क्रममा २६ वर्षीय विशाल मुखियालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मुखिया किर्ते तथा डाका मुद्दामा मकवानपुर जिल्ला अदालतबाट पाँच वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना सजाय तोकिएका व्यक्ति हुन् ।

उनी मकवानपुरस्थित भिमफेदी कारागारमा कैद भुक्तान गरिरहेका बेला भदौ २४ गते कारागार तोडी फरार भएका थिए।

फरार अभियुक्तको खोजतलास गर्ने क्रममा फागुन ४ गते उनलाई चोरी गर्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउपछि बारा जिल्ला अदालतबाट चोरी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077