Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वकपमा आज पनि तीन खेल हुँदै

विश्वकपमा आज पनि तीन खेल हुँदै

सोमवार , फाल्गुण ४, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदैछन् ।

पहिलो खेलमा भारतको दिल्लीको अरुण जेटली स्टेडियममा समूह डी अन्तर्गत अफगानिस्तान र यूएईबीच प्रतिस्पर्धा हुनेछ ।

अघिल्ला दुवै खेलमा हार व्यहोरेको अफगानिस्तानका लागि सुपर एटको झिनो आशा जीवित राख्न आजको खेल गर या मरको अवस्थामा छ।

दोस्रो खेलमा दिउँसो सवा ३ बजे कोलकाताको इडेन गार्डेन्समा समूह सीका इङ्गल्याण्ड र इटाली आमनेसामने हुनेछन् । आज हुने तेस्रो खेलमा श्रीलंका र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ ।

खेल साँझ सवा ७ बजे श्रीलंकाको पाल्लेकेलेमा सुरु हुनेछ । समूह बी को यो खेल जित्ने टोली सुपर एटको नजिक पुग्नेछ।

आजका खेलले सुपर एटको समीकरणलाई थप रोचक बनाउनेछन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077