Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब सिंहदरबार पनि नजल्ने, गोली पनि नचल्ने शासन चाहिन्छ : गगन थापा

अब सिंहदरबार पनि नजल्ने, गोली पनि नचल्ने शासन चाहिन्छ : गगन थापा

आइतवार , फाल्गुण ३, २०८२

सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले अब मुलुकमा सिंहदरबार जल्ने र गोली चल्ने अवस्था अन्त्य हुने गरी नयाँ प्रकारको शासन व्यवस्था आवश्यक भएको बताएका छन्।

आइतबार सर्लाहीमा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले आगामी पाँच वर्ष सरकारले जनभावनाअनुसार काम गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘अब सिंहदरबार पनि जल्नुहुँदैन, गोली पनि चल्नु हुँदैन। हामीले कर्तव्यबोध गरेर काम गर्नुपर्छ।’

सभापति थापाले मुलुकमा फैलिएको कुशासनका कारण जनता आजित भएको दाबी गर्दै अबको प्राथमिकता सुशासन कायम गर्नुहुनुपर्ने बताए।

‘सुशासन कायम गर्नुपर्छ। जनता कुशासनले आजित भएका छन्,’ उनले भने।

सभापति थापाका अनुसार आगामी पाँच वर्ष मुलुकमा सुधारका धेरै काम गर्नुपर्ने समय हो। उनले युवालाई रोजगारी दिनुका साथै स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रमा राज्यले गम्भीर ध्यान दिनुपर्ने बताए ।

सभापति थापा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077