Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना छ : गगन थापा

कांग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना छ : गगन थापा

शनिवार , फाल्गुण २, २०८२

सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेससँग देश बदल्ने स्पष्ट सोच, सङ्कल्प र ठोस योजना रहेको बताएका छन्।

सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थापाले शनिबार मतदातासँगको भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस विगतका कमीकमजोरीबाट सिकेर अब वर्षौँदेखि घोषणा हुँदै आएका तर कार्यान्वयन हुन नसकेका कामलाई मूर्तरूप दिन तयार भएर चुनावी मैदानमा उत्रिएको बताएका हुन्।

थापाले कांग्रेस दोस्रो विशेष महाधिवेशनपछि नयाँ ऊर्जा र नयाँ प्रतिबद्धतासहित अघि बढेको उल्लेख गर्दै आगामी पाँच वर्ष काम गर्ने स्पष्ट योजना बनिसकेको दाबी गरे।

उनले भने,'दोस्रो विशेष महाधिवेशनपश्चात कांग्रेस नयाँ भएको छ। यो नयाँ कांग्रेससँग आगामी पाँच वर्ष काम गर्ने योजना, उत्साह र सङ्कल्प छ। हामीले विगतबाट सिकेका छौं, त्यसैले आगामी दिनमा के गर्ने भन्नेमा स्पष्ट छौं।’

सभापति थापाले देशभित्र रोजगारी सिर्जना गरी युवालाई स्वदेशमै रोक्ने विषय कांग्रेसको प्रमुख प्राथमिकतामा रहेको बताए।

उनले निजी क्षेत्रलाई नीति तथा नियममार्फत प्रोत्साहित गरेर लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077