Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी-२० विश्वकपमा आज तीन खेल हुँदै

टी-२० विश्वकपमा आज तीन खेल हुँदै

शनिवार , फाल्गुण २, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा आज तीनवटा खेल हुँदैछन् । आज आयरल्याण्ड र ओमान, इंग्ल्याण्ड र स्कटल्याण्ड तथा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुन लागेको हो । दुई खेल भारत र एक खेल श्रीलंकामा हुनेछ ।

पहिलो खेलमा आयरल्याण्ड र ओमान भिड्दैछ । श्रीलंकाको कोलम्बोस्थित एसएससी क्रिकेट ग्राउन्डमा बिहान सवा ११ बजे खेल हुनेछ।

ओमान र आयरल्याण्ड समूह बी मा छन् ।  दुवैले दुई खेल खेलेका छन् भने दुवै खेलमा पराजित भएका छन्। आज उनीहरूले तेस्रो खल खेल्दैछन् ।

सवा ३ बजे हुने दोस्रो खेलमा इंग्ल्याण्ड र स्कटल्याण्ड भिड्दैंछन्। खेल कोलकातास्थित इडेन गार्डेनमा हुनेछ।


तेस्रो खेलमा न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दैछन् । दुई देशबीच अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेल हुँदैछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077