Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपाबाट निर्वाचित चौरजहारी नगरपालिकाका मेयर कांग्रेस प्रवेश

राप्रपाबाट निर्वाचित चौरजहारी नगरपालिकाका मेयर कांग्रेस प्रवेश

शुक्रवार , फाल्गुण १, २०८२

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयरका उम्मेदवार कालीबहादुर खत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरका उम्मेदवार भएका खत्री उक्त पार्टी परित्याग गर्दै शुक्रबार कांग्रेसमा प्रवेश गरेका हुन् ।

मतदाता भेटघाट तथा घरदैलो अभियानका क्रममा कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार राजु केसी र कांग्रेस नेता तथा पूर्व राज्यमन्त्री गोपालजीजंग शाहले खत्रीलाई पार्टीमा स्वागत गरेका छन् ।

खत्रीले अबदेखि कांग्रेसमै आबद्ध भएर पार्टीका उम्मेदवारलाई विजयी गराउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भने- 'अब म कांग्रेसको सिद्धान्त र नेतृत्वसँगै अघि बढ्नेछु र पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्नेछु।' 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077