Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशलाई एकताबद्ध र समृद्ध बनाउन कांग्रेसको नेतृत्व अपरिहार्य छ : उपसभापति शर्मा

देशलाई एकताबद्ध र समृद्ध बनाउन कांग्रेसको नेतृत्व अपरिहार्य छ : उपसभापति शर्मा

बुधवार , माघ २८, २०८२

दाङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशलाई एकताबद्ध र समृद्ध बनाउने नेतृत्वका लागि कांग्रेसको भूमिका अपरिहार्य रहेको बताएका छन् ।

बुधबार घोराहीमा आयोजित कांग्रेस दाङको कार्यकर्ता भेटघाट कार्यक्रममा उपसभापति शर्माले देशलाई जटिल परिस्थितिबाट निकाल्न र समृद्धितर्फ अघि बढाउन कांग्रेसले सधैं नेतृत्व सम्हालेको उदाहरण प्रस्तुत गर्दै पार्टीको आवश्यकता औँल्याए।

शर्माले २०४७ सालदेखि देशमा उत्पन्न हरेक जटिल र संक्रमणकालीन अवस्थामा कांग्रेसले नेतृत्व सम्हालेको स्मरण गर्दै जेनजी आन्दोलनपछि देखिएको जनभावनालाई बलियो गर्दै देशलाई समृद्ध बनाउने जिम्मेवारी कांग्रेसमाथि रहेको बताए।

उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गर्दै भने,
'जनताले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा गल्ती गर्दा २०७० दोस्रोपटक निर्वाचन गर्नुपर्‍यो। अहिले विवेक पुर्‍याएर देशको नेतृत्व गर्न योग्य पार्टीलाई एकैपटक जिताउनु आवश्यक छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077