Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हवल्दार योगेन्द्र घर्ती हत्या प्रकरणका मुख्य आरोपी आशिष पाल पक्राउ

हवल्दार योगेन्द्र घर्ती हत्या प्रकरणका मुख्य आरोपी आशिष पाल पक्राउ

बुधवार , माघ २८, २०८२

 दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणका मुख्य आरोपी आशिष पाल पक्राउ परेका छन् ।

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले पाललाई दुहुँ गाउँपालिका–स्थित हिकिला क्षेत्रबाट बुधबार दिउँसो पक्राउ गरेको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टले हिकिलाबाट पाल पक्राउ परेको पुष्टि गरेका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा अस्मिता बियर बारमा कान्छी श्रीमती दिपिकालाई जिस्काएको भन्दै उनका श्रीमान आशिकले प्रहरी हवल्दार घर्तीमाथि कुटपिट गरेका थिए । पक्राउ परेकाहरुले आशिक र उनका भाइले कुटपिट गरेर हत्या गरेको बयान प्रहरीलाई दिएका थिए ।

प्रहरीले यसअघि यो घटनामा संलग्न राजेन्द्र डडाल, २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार घटनामा संलग्न आशिककी जेठी श्रीमती लक्ष्मी बडु, भाइ मनिस पाल भने अझै फरार छन् । उनीहरूको खोजी तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077