Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाकिस्तानले अमेरिकालाई दियो १९१ रनको विशाल लक्ष्य

पाकिस्तानले अमेरिकालाई दियो १९१ रनको विशाल लक्ष्य

मंगलवार , माघ २७, २०८२

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा पाकिस्तानले संयुक्त राज्य अमेरिका (यूएसए) सामु जितका लागि १९१ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंकाको कोलोम्बोस्थित एसएससी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रन बनायो ।

पाकिस्तानका लागि ओपनर साहिबजादा फरहानले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक रन जोडे। उनले ४१ बलमा ६ चौका र ५ छक्काको मद्दतले ७३ रनको शानदार इनिङ्स खेले ।

उनलाई अनुभवी ब्याटर बाबर आजमले राम्रो साथ दिए । बाबरले ३२ बलमा ४६ रन बनाएर पाकिस्तानको इनिङ्सलाई बलियो बनाएका थिए ।

त्यस्तै, तल्लो क्रममा आएका शादाब खानले विस्फोटक ब्याटिङ गर्दै मात्र १२ बलमा ४ चौका र १ छक्काको मद्दतले ३० रन जोड्दै पाकिस्तानलाई ठूलो स्कोरतर्फ डोर्याए । अर्का ओपनर सैम अयुबले १९ रनको योगदान दिए।

सुरुवातमा पाकिस्तान सहज रूपमा २०० रन नजिक पुग्ने संकेत देखिए पनि अन्तिम ओभरहरूमा अमेरिकी बलरहरूले उत्कृष्ट पुनरागमन गरे ।

अमेरिकाका लागि श्याड्ली भान स्कल्कविकले घातक बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए । त्यस्तै, सौरभ नेत्रवाल्कर, मोहम्मद मोहसिन र हरमीत सिंहले समान १–१ विकेट लिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077