Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वप्रकाश शर्मा भन्छन्- जेनजी विद्रोहपछि साँच्चिकै सच्चिएर आएको दल नेपाली कांग्रेस हो

विश्वप्रकाश शर्मा भन्छन्- जेनजी विद्रोहपछि साँच्चिकै सच्चिएर आएको दल नेपाली कांग्रेस हो

मंगलवार , माघ २७, २०८२

नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्ना कार्यकर्तालाई एक ढिक्का भएर निर्वाचनमा होमिन आग्रह गरेका छन्।

कांग्रेसले आज नेपालगन्जमा आयोजना गरेको बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले अलमल गर्ने सुविधा कांग्रेसलाई नभएको बताएका हुन्।

शर्माले भने- 'जेनजी विद्रोहपछि साँच्चीकै सच्चिएर आएको दल कांग्रेस हो । देशलाई गाँस्ने पार्टी कांग्रेस हो। अब बन्ने सरकारले नागरिकमा आशा र भरोसा जगाउनुपर्नेछ, त्यो तागत कांग्रेससंँग छ। इतिहास साक्षी छ, समन्वय, सहकार्य र एकता कायम गर्न सक्ने समार्थ्य कांग्रेससंँग छ।'

शर्माले जो जहाँ जुन पदीय जिम्मेवारीमा छ, उसले आफू त्यहीँ खटिएर काम गर्नुपर्नेमा जोड दिए।

यस्तै भेला उपस्थिीत अन्य कांग्रेस केन्द्रीय सदस्य, प्रदेश उपसभापति तथा कांग्रेस बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार अमर सिंह पुनले संविधान रक्षाका लागि कांग्रेसलाई जिताउन आग्रह समेत गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077