Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चारजना पक्राउ

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चारजना पक्राउ

मंगलवार , माघ २७, २०८२

पर्सा । वीरगञ्जको अवैध गोदाममा छापा मार्न गएको संयुक्त टोलीमाथि आक्रमण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले सशस्त्र प्रहरीमाथि आक्रमणमा संलग्न चार जनालाई सोमबार रातिसम्म नियन्त्रणमा लिएको जनाएको हो ।

वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सोमबार वीरगञ्ज महानगरपालिका–आदर्शनगरस्थित अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहले आक्रमण गरेका थिए ।

आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने सशस्त्र प्रहरीका दुई वटा सवारीसाधनमा समेत क्षति पुगेको छ ।

पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार घटनामा संलग्न व्यक्तिहरूको सिसिटिभी फुटेजको आधारमा अनुसन्धान भइरहेको छ ।

उनले आक्रमणकारीको पहिचान भइसकेको र थप अनुसन्धानका कारण हाल नाम सार्वजनिक नगरिने बताए ।

प्रहरीका अनुसार संयुक्त टोलीले भन्सार छली गरेर सामान भित्र्याएको आशङ्कामा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम गरी राखिएको कपडा बरामद गर्न खोज्दा झडप भएको हो ।

सशस्त्र प्रहरीले सो स्थानबाट करिब १२ लाख ५० हजार रुपैयाँ बराबरको कपडा तथा सामग्री बरामद गरेको जनाएको छ। घटनापछि थप संलग्नहरूको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077